शाखा अधिकृतदेखि सचिवसम्मको दरबन्दी घटाउन प्रस्ताव, कुनमा कति ?
काठमाडौं । निजामती सेवाको शाखा अधिकृत तहदेखि सचिवसम्मका पदमा दरबन्दी घटाउन प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले एक तहमुनिको पदमा कार्यरत सम्बन्धित सेवा–समूहका कर्मचारीबाट ब्याच प्रणालीमा बढुवा गरी नासुको पदपूर्ति गर्न सिफारिस गरेको हो ।
कार्यदलले शाखा अधिकृतदेखि दरबन्दी घटाउन भनेको छ । शाखा अधिकृतमा आठ हजार सात सय सात, उपसचिवमा तीन हजार ९३ र सहसचिवमा ६ सय २८ दरबन्दी कायम गर्न प्रस्ताव गरेको छ । हाल निजामतीमा आठ हजार सात सय ११ अधिकृत, तीन हजार ९५ उपसचिव र ६ सय ७२ सहसचिव छन् ।
त्यस्तै स्वास्थ्यतर्फ सातौँ तहमा ५३, आठौँमा चार सय ९१, नवौँमा ३२, दशौँमा तीन सय २६, एघारौँमा एक सय २१ र बाह्रौँमा चारजनाको दरबन्दी छ । कार्यदलले दरबन्दी अनुपात सचिव र सहसचिवबीच ४.८७, सहसचिव र उपसचिवबीच ४.९३ र उपसचिव र शाखा अधिकृतबीच २.८२ प्रतिशत कायम गर्न पनि भनेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया