शाखा अधिकृतदेखि सचिवसम्मको दरबन्दी घटाउन प्रस्ताव, कुनमा कति ?

काठमाडौं । निजामती सेवाको शाखा अधिकृत तहदेखि सचिवसम्मका पदमा दरबन्दी घटाउन प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले एक तहमुनिको पदमा कार्यरत सम्बन्धित सेवा–समूहका कर्मचारीबाट ब्याच प्रणालीमा बढुवा गरी नासुको पदपूर्ति गर्न सिफारिस गरेको हो ।
कार्यदलले शाखा अधिकृतदेखि दरबन्दी घटाउन भनेको छ । शाखा अधिकृतमा आठ हजार सात सय सात, उपसचिवमा तीन हजार ९३ र सहसचिवमा ६ सय २८ दरबन्दी कायम गर्न प्रस्ताव गरेको छ । हाल निजामतीमा आठ हजार सात सय ११ अधिकृत, तीन हजार ९५ उपसचिव र ६ सय ७२ सहसचिव छन् ।
त्यस्तै स्वास्थ्यतर्फ सातौँ तहमा ५३, आठौँमा चार सय ९१, नवौँमा ३२, दशौँमा तीन सय २६, एघारौँमा एक सय २१ र बाह्रौँमा चारजनाको दरबन्दी छ । कार्यदलले दरबन्दी अनुपात सचिव र सहसचिवबीच ४.८७, सहसचिव र उपसचिवबीच ४.९३ र उपसचिव र शाखा अधिकृतबीच २.८२ प्रतिशत कायम गर्न पनि भनेको छ ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया