NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पप्पुका बाबुछोरालाई ७ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले प्रतिनिधिसभाका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनी र छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६ सय ३४ रूपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासँग जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकाले पुल बनिनसक्दै भत्किएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । अख्तियारले नेपाल सरकारलाई प्रत्यक्ष हानिनोक्सानी पुर्याउने कार्य गरेको भन्दै रौनियार बाबुछोरालाई जनहरी १९ करोड ३२ लाख ६ सय ९५ बिगो कायम गरेर मुद्दा चलाएको थियो ।