बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली
काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्षअघि बलात्कारमा परेको भनेकी युवतीको घरमा प्रहरी टोली पुगेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा परामर्शदातासहितको टोली उनको घरमा पुगेको हो ।
सन् २०१४ मा सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि आयोजकले उनलाई होटेलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको र ब्ल्याकमेल गर्दै ६ महिनासम्म पटकपटक यौन शोषण गरेको भन्दै बुधबार सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
घटना भएकाे लामाे समय भइसकेका कारण बलात्कारसम्बन्धी कानुनकाे हदम्यादले मुद्दा दर्ता हुन नसक्ने शंका गरिरहेकाे बेला प्रहरी ती युवती भेट्न पुगेकाे हाे ।
शुक्रबार संसदमा पनि यसबारे कुरा उठाएपछि सभामुख अग्नी सापकाेटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।
यस घटनामा पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि तानिएकी छिन् ।
पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले
यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया