अन्तिमतिर पुग्दा तिलोत्तमाको मतगणना रोचकतातिर

काठमाडौं । अघिल्लोपटक एमालेले जितेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणना प्रतिस्पर्धात्मक देखिंदै आएको छ ।
मतगणनामा पहिले एमाले मेयरका उम्मेदवार मोहन चापागाईंले अग्रता लिए पनि पछिल्ला अपडेटमा कांग्रेसका रामकृष्ण खाँणले निरन्तर अग्रता लिइरहेका छन् ।
अब चार हजार तीन सय मतगणना बाँकी हुँदा खाँण ८३२ मतले अगाडि छन् । ६० हजार तीन सय ६७ मतगणना हुँदा कांग्रेसका खाँणल २२ हजार ७ सय ९८ मत ल्याएका छन् । एमालेका चापागाईंले २१ हजार ९ सय ६६ मत ल्याएका छन् । अब केही समय यही अग्रता लिइरहे । खाँणकाे जित हुने देखिएकाे छ ।
खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।
प्रतिक्रिया