स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीको सिफारिस गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न सबै निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
आयोगका तर्फबाट प्रवक्ता शालिकराम शर्मा पौडेलले विज्ञप्ति जारी गरी निर्वाचन परिणाम सार्वजनिक भएको एक महिनाभित्र कुनै पनि उम्मेदवारले खर्चको विवरण पठाए वा नपठाएको विवरण यकिन गरी नबुझाउनेलाई कारबाहीको लागि सिफारिस गरी आयोगमा पठाउन सबै कार्यालयलाई निर्देशन दिएका हुन् । आयोगले जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
गत वैशाख ३० मा देशैभरका ७५२ स्थानीय तहमा निर्वाचन भएको थियो ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया