हत्या आरोपमा नाबालकसहित १२ पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन ।
यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया