NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के छ माधव नेपालको प्रतिवेदनमा ?

अध्यक्ष माधव नेपालले केन्द्रीय परिषद्मा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा देश राजनीतिक रूपमा दुई धारमा विभाजित भएको उल्लेख गरेका छन् । व्यक्तिवादी अहंकार, स्वेच्छाचारी, निरंकुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धारको नेतृत्व केपी ओलीले र संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धारको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको दाबी प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा पाँचदलीय गठबन्धन कम्तीमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यक भएको उल्लेख छ । प्रज्ञा भवनमा दुई दिनसम्म चल्ने परिषद् बैठकमा देश–विदेशबाट १६ सय नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

स्थानीय निर्वाचनमा गठबन्धनभित्र सात समस्या
१. गठबन्धन गर्न नै नचाहने
२. निर्णय कार्यान्वयन नगर्ने
३. गठबन्धनभित्र उपगठबन्धन गर्ने
४. इमानदारीपूर्वक भोट नहाल्ने
५. गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने
६. सहकार्यको भावना ज्यादै कमजोर
७. आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति
(कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो)

पार्टीभित्रका सात समस्या
१. गठबन्धन भइहाल्छ भनेर तयारीमा नलाग्ने
२. व्यक्तिलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहने प्रवृत्ति
३. गठबन्धन हुँदा टिकटका लागि तँछाडमछाड,
नहुँदा उम्मेदवारी दिन तयारै नहुने
४. चुनावलाई पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने प्रवृत्ति
५. पार्टी टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने
६. टिकट नपाएपछि विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने
७. आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने

पार्टीका चार कमजोरी, दुई उपलब्धि
कमजोरी : १) पार्टीको संगठित शक्ति बलियो नहुनु,
२) स्रोत साधनको अभाव, ३) प्रचार सामग्रीको कमी,
४) उम्मेदवारहरूको चयन गर्न ढिला हुनु
उपलब्धि : १) एक महानगरपालिका प्रमुख र एक उपमहानगरपालिका प्रमुखलगायत २० पालिकामा प्रमुख वा अध्यक्ष र २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी जम्मा ९८६ जना विजयी
२) पार्टीको चुनावचिह्नको प्रचार