NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एसपिपीबारे संसद्मा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौताबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपी सम्झौताबारे प्रश्न उठाएपछि उनले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले सांसदहरूले उठाएको प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै एसपिपी फिर्ता गर्न पठाउन लागिएको पत्रबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

‘माननीयहरूले उठाउनु भएको एसपिपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन निर्देशन गर्दछु,’ उनले भने ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले नेता भीम रावल, माओवादीका प्रमुख सचेतक देव गुरुङलगायतले एसपिपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको तर पत्र नलेखेको भन्दै प्रश्न उठाएका थिए ।

सत्तारुढ दलकै प्रमुख सचेतकको आरोप : अर्कै नामबाट एसपिपी ब्युँताउने कोशिस भइरहेको छ

झलनाथको प्रश्न : मन्त्रिपरिषदभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?