चलचित्र विकास बोर्डको अध्यक्षमा केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेकाृविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । उनको नियुक्ति बदर गर्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर भएको हो ।
विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटमाथि सोमबार पेसी तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।
केही समयअघि मन्त्रिपरिषद्को निर्णयबाट रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गरिएको थियो ।
केसीविरुद्ध एक अभिनेत्रीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । सो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको हो ।
बुवा भुवन चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि छोरा अनमोलले लेखे भावुक स्टाटस
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया