मधेसका मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जननाएको छ । राउत यादवकै दल जसपाका नेता हुन् ।
भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् ।
जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ । मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमा छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेटी पढाऊँ, बेटी बचाऊ अभियानअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री राउतले वितरण गरेको साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा राउतलाई चोख्याइएको टिप्पणी भइरहेकै बेला जसपाभित्रबाट राउतमाथि राजीनामाका लागि दबाब बढेको हो, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया