डोलीका १६१ इन्जिनियर ‘घर न घाट’का

काठमाडौं । खारेज गरिएको स्थानीय पूर्वाधार विभाग (डोली) मा कार्यरत १६१ इन्जिनियर घर न घाटका भएका छन् । सरकारले जहाँ पठाउन खोजे पनि विरोध हुने भएपछि उनीहरू घर न घाटका भएका हुन् ।
डोलीका इन्जिनियरहरूलाई सरकारले भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गर्न खोजेको थियो । सरकारको उक्त निर्णयविरुद्ध भौतिक मन्त्रालयमा कार्यरत करिब १ हजार २०० कर्मारीले एकजुट भई आन्दोलन गरे । त्यसपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो । गत साउन १९ गते बस्ती तथा बजार पूर्वाधार सहजीकरण विभाग गठन गरी सरकारले उक्त विभागलाई सहरी विकास मन्त्रालयमा ल्याउने र डोलीमा कार्यरत प्राविधिक कर्मचारीलाई सोही विभागमातहत राख्ने निर्णय गर्यो ।
उक्त निर्णय पनि कार्यान्वयन हुन नदिन सहरी विकास मन्त्रालयमा कार्यरत कर्मचारीले बिहीबारदेखि आन्दोलन थालेका छन्, नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया