जिल्ला अदालतलाई महानगरको चेतावनी, ‘नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै महानगरले प्रमाण पठाउन निर्देशन दिएका हुन् ।
काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख नभिटिएकाले त्यसको विवरण पठाउन भनेर पत्र काटिएको महानगर स्रोतले जनाएको छ ।
यसअघि महानगरका मेयर बालेन शाहले बबरमहलस्थित जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउने बताएका थिए ।
काठमाडौं मलको अवैध संरचनामा बुधबार डोजर चलाउने क्रममा शाहले भनेका थिए, ‘अब सबैखाले अवैध संरचना खाली गराइन्छ । काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदैछ । जसले बनाएको भए पनि अवैध संरचना कानुनको दायरामा ल्याइन्छ ।’
बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङ बनाएको पनि धेरै वर्ष भइसक्यो । तर, त्यो प्रयोगमा ल्याइएको छैन । तर, त्यसको छेउछाउका फुटपाथमा असरल्ल पार्किङ भइराखेको पाइन्छ ।
बालेनको उद्घोष : जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउँछु
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया