कांग्रेसका पदाधिकारी, को कहाँबाट बन्दैछन् उम्मेदवार ?

काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा राजनीतिक दलहरूबाट धमाधम उम्मेदवार सिफारिस भइरहेका छन् । दलका सबैजसो शीर्ष नेता यसपटकको निर्वाचनमा पनि उम्मेदवार बन्दैछन् ।
कांग्रेसले सबै पदाधिकारीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाउने नीति लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १, धनराज गुरुङ स्याङ्जा १, महामन्त्री गगन थापा काठमाडौं ४, विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिस भएका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना मकवानपुर २, किशोरसिंह राठौर बाँके ३, बद्री पाण्डे बाजुराबाट, भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा ४, उमाकान्त चौधरी बारा १, जीवन परियार कास्की १ र फरमुल्लाह मन्सुर बारा ३ बाट सिफारिसमा परेका छन् ।
नेता रामचन्द्र पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् भने नेता शेखर कोइराला मोरङ ६, पूर्वमहामन्त्री तथा अर्का नेता कृष्ण सिटौला झापा ३, पूर्वउपसभापति विजय गच्छदार सुनसरी ३, सुजाता कोइराला मोरङ २,
र प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । नुवाकोट १ बाटै पूर्वअर्थमन्त्री रामशरण महतको नाम पनि सिफारिस गरिएको छ । पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी १ बाट सिफारिस भएका छन् ।
प्रतिक्रिया