NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बालेनको टिममा फेरि अर्का विज्ञको इन्ट्री

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको टिममा फेरि अर्का एक विज्ञको इन्ट्री भएको छ । यसअघि कानूनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्त गरेका शाहले ट्राफिक विज्ञ जगतमान श्रेष्ठलाई नियुक्त गरेका हुन् । श्रेष्ठ नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक हुन् ।

प्रमुखस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको महानगरपालिकाको प्रशासन विभागले जनाएको छ।

नवनियुक्त सल्लाहकार श्रेष्ठकाे नियुक्तिपत्र मंगलबार नै  जारी भएकाे छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखका रूपमा कार्य गरिसकेका उनीसँग याे क्षेत्रकाे लामाे अनुभव छ । उनले भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषययक तालिम लिएका छन् । त्यस्तै, यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकको तालिम पनि उनले हासिल गरेकाे महानगरपालिकाले जनाएकाे छ ।

उत्कृष्ट कार्य सम्पादनबापत सरकारबाट उनलाइ गोरखा दक्षिण बाहु प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघबाट पनि उनी उत्कृष्ट कार्यसम्पादन गरेबापत पदकद्वारा सम्मानित गरिएको थियो ।