सरकारले स्वीकार्यो कोरोना बीमाको दायित्व, बीमितले कहिले पाउँलान् रकम ?

बीमा कम्पनीहरूले कोरोना बीमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्वीकार गरेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बीमा भुक्तानीका लागि १ अर्ब रूपैयाँ दिने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए ।
‘मन्त्रिपरिषदले एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ,’ उनले भने, ‘सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले बीमा समितिलाई निकासा दिने प्रक्रिया सुरु भएको छ । पैसा पाएपछि बीमा समितिले कोरोना बीमा कार्यविधिअन्तर्गत बीमितलाई रकम व्यवस्थापनको निर्णय गर्नेछ ।
यसअघि बीमा समितिमार्फत कम्पनीहरूले पटकपटक सरकारसँ पैसा मागे पनि पाएका थिएनन् । सरकारले रकम नदिएको भन्दै बीमा कम्पनीले करिब सवा १ लाख जना बीमितको भुक्तानी रोकेका छन् । तिनलाई कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम सबै सरकारको दायित्वअन्तर्गतको भएको समिति र कम्पनीहरूको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया