विभूषणमा गृहका कर्मचारीको हालीमुहाली, ८२ जनाको सिफारिस

विभूषणमा गृह मन्त्रालयका कर्मचारीले हालीमुहाली जमाएका छन् । मन्त्रालय र मातहतका कर्मचारी गरी ८२ जनालाई विभूषण दिइएको छ ।
विगतमा पाएकाबाहेक मन्त्रालयका अधिकांश कर्मचारीलाई विभूषण दिइएको छ । गृह मन्त्रालयमै कार्यरत सहसचिवहरू प्रदीपकुमार कोइराला, कोमलबहादुर खत्री, शिवराम पोखरेल र रोशनी श्रेष्ठलाई सुप्रबल जनसेवाश्री दिइएको छ । मन्त्रालयमातहतको अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारी, कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डे तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई पनि विभूषण पाउने सूचीमा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा कार्यरत सहसचिव अनिता निरौलालाई पनि सिफारिस गरिएको छ ।
१६ जना सिडिओलाई विभूषणको सूचीमा छानिएको छ । भोजपुरका हरिप्रसाद घिमिरे, प्युठानकी सुनिता नेपाल, कास्कीका टेकबहादुर केसी, गुल्मीका पुण्यविक्रम पौडेल, रोल्पाका नवराज सापकोटा, उदयपुरका जनार्दन गौतम, कपिलवस्तुका धर्मेन्द्र मिश्र, सुनसरीका इन्द्रदेव यादव, काभ्रेकी हुमकला पाण्डे, दोलखाका भोजराज खतिवडा, मकवानपुरका राजेन्द्रदेव पाण्डे, कैलालीका किरण थापा, रुपन्देहीका भरतमणि पाण्डे, मोरङका काशिराज दाहाल विभूषण पाउने सूचीमा परेका छन् । त्यस्तै, बाजुराका प्रकाशचन्द्र अधिकारी, मुस्ताङका नेत्रप्रसाद शर्मा र डडेल्धुरामा मोहनराज जोशी पनि सूचीमा परेका छन् ।
गृह मन्त्रालयमै कार्यरत उपसचिवहरू वसन्त भट्टराई, रामदत्त पाण्डे, शम्भुप्रसाद रेग्मी, मोहनशरण भण्डारी, विजया प्रसाईं, विश्वमित्र कुइँकेल, बन्दना राई र अर्जुन पौडेलले प्रबल जनसेवाश्री पाएका छन् । गृहअन्तर्गत अध्यागमनमा कार्यरत उपसचिव राजकुमार राई र अनुप केसी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत मीना अर्याल पनि सिफारिसमा परेका छन् ।
सहायक प्रजिअका रूपमा कार्यरत पवित्रविक्रम शाह, चोमेन्द्र न्यौपाने, शरदकुमार पोखरेल, हरिप्रसाद अधिकारी, सुभद्रा खनाल(ढुंगेल), माधवप्रसाद शर्मा, भूमिश्वर पोखरेल, दयाराम पौडेल र हरि प्याकुरेलको नाम सिफारिस भएको छ । अधिकृतहरू विष्णुप्रसाद आचार्य, प्रकाश न्यौपाने, राजेन्द्रप्रसाद गौतम, शारदा चालिसे, भाष्कर दाहाल र हरिप्रसाद दाहाल पनि सिफारिसमा परेका छन् । जिल्ला प्रशासनमा प्रशासकीय अधिकृतका रूपमा कार्यरत मोहनप्रसाद उपाध्याय, यज्ञेश्वर पन्थी, नुमलाल पन्थी, पदमलाल लामिछानेले पनि विभूषण पाउनेछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका लेखा अधिकृत योगेश पराजुली, गृहमा कार्यरत पूर्वप्रहरी जयबहादुर क्षेत्री पनि विभूषणमा समेटिएका छन् । अन्य १६ नासु तथा खरिदार, सातजना कार्यालय सहयोगी तथा हलुका सवारीचालकले पनि विभूषण पाएका छन् । यसबाहेक गृहमातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको संख्या पनि ठूलो छ । कार्यविधिमा नेपाली सेनातर्फ एक वर्षमा बढीमा २५ जना, नेपाल प्रहरीमा २० जना, सशस्त्र प्रहरीमा १२ जना तथा राष्ट्रिय अनुसन्धान विभागमा चारजनालाई दिइने उल्लेख भए पनि त्योभन्दा धेरै सिफारिस गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया