NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र औपचारिक रुपमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

बुधबार राष्ट्रियसभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

अब मिश्र अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहनेछन् । नलाई वरिष्ठ उपाध्यक्ष पद दिइएको छ । यसअघि सोमबार मिश्रले विवेकशील साझाको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि मिश्रको संवाद हुँदै आएको थियो । यसबीचमा उनले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । अहिले ६ उपाध्यक्ष रहेका छन् । मिश्र यी सबैभन्दा माथि वरिष्ठ उपाध्यक्ष भएका छन् ।

यसभन्दा अघि असोज १० गते राप्रपाले मिश्र समूहलाई पार्टीमा भित्राउने निर्णय गरेको थियो ।

नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै बिबिसी नेपाली सेवाबाट अलग भएर विवेकशील साझा निर्माण गरेका मिश्र अहिलेको व्यवस्थाले राष्ट्रियता कमजोर हुने भन्दै राजसंस्थाको पक्षमा खुलेपछि उनको दलभित्र विग्रह आएको थियो । छिन्नभिन्न स्थितिमै वैशाख ३० को स्थानीय तह निर्वाचनमा सहभागी विवेकशील साझाले लज्जास्पद हार बेहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् । यसअघि पनि यहीबाट पराजित भएका थिए ।

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

वैकल्पिक शक्तिको नाममा रवीन्द्रले झुक्याए, अन्तिममा पुरातन पार्टी राप्रपामा ओत लागे