NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

श्रम स्वीकृतिका सबै काम भैरहवाबाटै सुरु

काठमाडौं । वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय स्थापना भएको चार महिनापछि श्रम स्वीकृतिका सबै काम भैरहवाबाट सुरु भएको छ । यसअघि भैरहवास्थित यस कार्यालयबाट संस्थागत तथा पुनः श्रम स्वीकृतिका काम मात्रै हुँदै आएकोमा बिहीबारदेखि वैयक्तिक तथा नयाँ श्रम स्वीकृतिको कामसमेत सुरु भएको श्रम कार्यालयको भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख एवं शाखा अधिकृत केशवराज भट्टराईले बताए ।

श्रम स्वीकृतिका सबै काम भैरहवाबाट सुरु गर्न ढिलाइ गरेका कारण यात्रु नपाएको गुनासोसहित जजिरा एयरले आफ्नो सेवा आधा कटौती गरेपछि बल्ल सेवा कार्यालय खुलेको हो ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि सबै किसिमको श्रम स्वीकृति प्रदान गर्ने भन्दै भैरहवामा १ असारबाट श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरी काम सुरु भए पनि संस्थागत तथा पुनः श्रम स्वीकृति दिने काम मात्र हुँदै आएको छ । मुख्य दुई किसिमका श्रम स्वीकृतिको कार्यसम्पादन भैरहवाबाट नहुँदा वैदेशिक रोजगारमा जान चाहनेले काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले वैयक्तिक तथा नयाँ श्रम स्वीकृतिको काम सुरु भएपछि श्रमकै कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ, आजको कारोबार दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष