संघमा १५ र प्रदेशमा १० मात्र मन्त्रालय राख्न सुझाव

काठमाडौं । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले मन्त्रालयको संख्या संघमा १५ र प्रदेशमा ५ देखि १० भन्दा बढी नराख्न सुझाएको छ । यससम्बन्धी प्रतिवेदन बिहीबार समितिका संयोजक डा. खिमलाल देवकोटाले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएका छन् ।
राष्ट्रियसभाको बैठकले गत जेठ २० गते डा. देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष सदस्यीय विशेष समिति गठन गरेको थियो । सातै प्रदेशसहित स्थानीय तहमा छलफल र अन्तक्र्रिया, स्थलगत भ्रमण गरी संकलन गरिएको सुझावका आधारमा प्रतिवेदन तयार पारिएको संयोजक डा. देवकोटाले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
प्रतिक्रिया