NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथ साथै किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।

फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागुन १८ गते शिक्षण अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान ग-यो । किष्ट शिक्षण अस्पतालले मिति २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो ।

आजका दिनसम्म अर्थात डेढ वर्षका अवधिमा अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई विदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आ-आफ्नो काममा फर्किसकेको अस्पताललको भनाइ छ । प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यस सेवा लिनका लागि विदेश जानुपर्ने वाध्यतालाई केही हदसम्म रोक्ने प्रयास गरेको अस्पतालले जनाएको छ ।

किष्ट अस्पतालको प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङसहितको Multidisciplinary Team कटिवद्घ रहिरहेको छ । प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै dedicated organ transplant विभाग स्थापना गरेकोछ ।

Transplant Certified Nephrologist को रुपमा हाल डा. सन्तोष कुमार क्षेत्री कार्यरत छन् भने Transplant Certified सर्जनमा डा. नारायण कुमार भुसाल कार्यरत छन् । अंग प्रत्यारोपण कार्य आफैमा जटिल छ भने यस संग जोडिएका अनेकौ कानूनी जटिलताहरु पनि छन् । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिमको कानूनी आधार भए नभएको जाँची बुझी प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृति समितिले सिफारिश गर्दछ । प्रचलित कानून बमोजिम नजिकको नातेदारले आफ्नो अङ्ग दान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरु दाता र ग्रहणकर्तावीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवारवीच पारस्परिक सहमति भएमा दुवै विरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानूनी प्रावधान बमोजिम किष्ट शिक्षण अस्पतालले यस प्रकारको Pair-exchange प्रकृयालाई समेत प्रोत्साहित गरेकोछ, र सफलताका साथ Pair-exchange प्रत्यारोपण सम्पन्न गरिसकेकोछ । यस्तो प्रत्यारोपण गर्ने प्राईभेट अस्पतालहरुमा किष्ट शिक्षण अस्पताल पहिलो र एक मात्र संस्था हो ।

मृगौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले पनि यो सेवा लिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धि विभिन्न शिर्षकहरुमा न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएको जनाएको छ । अस्पतालका अनुसार हाल अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ । विरामी पहिलो पटक अस्पतालमा आएदेखि चिकित्सकीय परामर्श र कानूनी परीक्षणलाई साथसाथै अगाडि बढाईन्छ । जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६,७ चरणको छलफल भेटघाट र परीक्षण पश्चात सवै आधारहरु ठीक भएमा बिरामी सम्पर्कमा आएको दिनबाट छिट्टोमा १३ दिन भित्रमा प्रत्यारोपण गराउने गरिएको छ ।

यस किष्ट शिक्षण अस्पतालबाट मृगौला प्रत्यारोपणको सेवा लिएका बिरामीहरुले यस अस्पतालको सेवा सुलभ र सहज भएको प्रतिकृया अस्पतालमा आउने गरेको छ । अन्यत्र अस्पतालमा जादाँ निकै ढिलासुस्ती, कतिपयमा अत्यधिक शुल्क लिईएको तथा नर्सिङ् तथा चिकित्सकीय परामर्श चित्त बुझ्दो नभएको, लामो समय कुर्नु पर्ने जस्ता पीडादायी अवस्था महसूस गरेको सेवाग्राहीको गुनासो भएको अस्पतालले जनाएका छन् । किष्ट अस्पतालको सम्पर्कमा आएपछि ट्रान्सप्लाण्ट कोअर्डिनेटरहरुले गर्ने परामर्श साथै चिकित्सकीय परामर्श चित्त बुझ्दो भएको र सम्पूर्ण सबै प्रक्रियाहरुमा संलग्न पक्षहरु निकै चासोका साथ एबतष्भलत ँचष्भलमथि तरीकाले खटिईनु भएको पाईएको बताउनु भएकोछ । मृगौला प्रत्यारोपण पछि दाता र ग्रहणकर्ता दुवैलाई नियमित रुपमा अस्पतालले फलोअपमा बोलाउने र आवश्यकता अनुसार त्भझिभमष्अष्लभ प्रणलीबाट परामर्श दिने गरेकामा सेवाग्राहीहरुमा निकै सन्तुष्टी पाइएको छ ।

मृगौला रोग रोगीहरुको लागि मात्र समस्याको विषय नभई बिरामीहरुका आफन्तलाई समेत ठूलो पारिवारिक बोझको रुपमा देखा पर्दछ । रोग पहिचान समयमै हुन नसकी मृगौला गम्भीर अवस्थामा पुग्दा उपचार खर्चिलो हुँदा ठूलो आर्थिक बोझ तथा व्यक्तिको सक्रिय जीवनमा हृदय विदारक रुपमा हस आउन सक्छ । अतः हरेक नागरिकले आफ्नो मृगौला स्वास्थराख्न खानपान, आहार–व्यवहार तथा शारिरीक तन्दुरुस्तीमा ध्यान दिन जरुरी छ । साथै समय समयमा स्वास्थ्य परीक्षण अनिवार्य छ ।

एकातर्फ मृगौला रोगीहरुलाई राज्यले दिने आर्थिक सहयोग अपर्याप्त रही आएको छ भने प्रत्यारोपण पश्चात पनि ग्रहणकर्ताले लामो अवधिसम्म औषधि सेवन गर्नु पर्ने हुँदा परिवारमा पर्ने आर्थिक बोझले दिर्घकालीन क्षति पुगेको पाइन्छ । यस्ता पिडित परिवारलाई प्रत्यारोपणमा कुनै न कुनै प्रकारले आर्थिक सहयोग पुगोस् भन्ने अभिप्रायले सामजिक संस्था तथा व्यक्ति विषेशलाई सहयोगी हातहरु अगाडि बढाउन अस्पताललले अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष