स्पाइन सर्जन नेपालको अध्यक्षमा डा. बिजुक्छे

काठमाडौं । एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा. विनोद बिजुक्छे निर्वाचित भएका छन् ।
गएराति सम्पन्न आठौं महाधिवेशन तथा निर्वाचनले डा. बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि कार्यसमितिको उपाध्यक्ष हुन् ।
एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. व्यापक पौडेल, महासचिवमा डा. सुरज बज्राचार्य, उपमहासचिवमा डा. ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा. राजेशकुमार चौधरी निर्वाचित भएका छन् । यस्तै, चार सदस्यमा डा. दीपक काउछा, डा. सुशील श्रेष्ठ, डा. अनुप पोखरेल र डा. सुवासचन्द्र झा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. गणेश गुरुङले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष डा बिजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत समेत हुन् । नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य हुन् ।
उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने, विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया