थ्रेसहोल्ड कटाउन कति ल्याउनुपर्ने भो मत ?

काठमाडौं । निर्वाचन आयोगका अनुसार गणना भइरहेका तीन क्षेत्रमा सरदर ६० प्रतिशत मत खसेको छ । यो भनेको करिब दुई लाख २५ हजार मत हो । दोलखामा एक लाख ६१ हजार ४५० मतदाता रहेकोमा ९५ हजार मत खसेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ६७८ मतदाता रहेकोमा ६९ हजार ९२८ मत खसेको छ भने बाजुरामा ८३ हजार ५६७ मतदाता रहेकोमा ५९ हजार ७६५ मत खसेको छ ।
आयोगले यी क्षेत्रबाट कम्तीमा १ लाख ८० हजार मत सदर हुने अनुमान गरेको छ । योसहित कुल सदर मत एक करोड पाँच लाख ६० हजार पुग्ने बताउँछन् प्रमुख आयुक्त दिनेश थपलिया ।
उनका अनुसार यसमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दल मात्रै राष्ट्रिय दल बन्छन् ।
‘थ्रेसहोल्ड कटाउन सरदर तीन लाख १७ हजार मत चाहिन्छ । अहिलेसम्म सात दलले तीन प्रतिशत कटाएका छन्,’ उनले भने ।
अहिले पाएको मतको ट्रेन्ड हेर्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना क्षीण हुँदै गएको उनको विश्लेषण छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया