मुख्यमन्त्रीको कार्यालय रातरात दाङ सारियो

काठमाडाैं । बुटवलबाट रातारात मुख्यमन्त्रीको कार्यालय दाङको देउखुरी सारीएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माका अनुसार मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु गए राती दाङ देउखुरी लगिएको हो ।
३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामान देउखुरी लगिएको हो । सम्पुर्ण सामानहरु राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा आज विहान झारिएको छ ।
आज विहानैबाट मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनको कामहरु भइरहेको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा रातारात सामान सार्ने काम भएको भन्दै केही दिन अघि मात्रै नेकपा एमाले रुपन्देहीले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कामको विरोध जनाएको थियो ।
एमालेले तत्काल स्थाइ राजधानीमा सामान सार्ने काम रोक्न संघिय सरकारसँग माग गरेको थियो ।
प्रतिक्रिया