आफ्ना कार्यकर्तालाई रिहाइ गर्न नेकपाको सरकारलाई दबाब

काठमाडाैं । आफ्ना पार्टीका नेता तथा कार्यकर्ता माथि लगाइएको मुद्दा खारेजका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले सरकारसँग माग गरेको छ ।
आज गृहमन्त्री बालकृष्ण खाँणलाई नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गर्दै यस्तो माग गरेका हुन ।
नेकपा कार्यकर्ता माथि लगाइएको मुद्या खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषदबाट भइसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाइ दबाब दिएको प्रकाण्डले संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भनेका छन् ।
यस अघिको केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरी शान्ति प्रक्रियामा आएको लामो समय बित्दा पनि सहमति कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रतिक्रिया