NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रधानमन्त्रीका लागि सल्लाह हुँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडाैं । अहिलेको गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जीकिर गरेका छन् ।

प्रतिनिधि सभामा सांसदहरूकाे शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले अब पनि गठबन्धनकै सरकार बन्ने दावी गरेका हुन ।

तर सञ्चारकर्मीकाे अबको प्रधानमन्त्री को ? भन्ने प्रश्नमा भने प्रचण्डले खासै बोल्न चाहेनन् । उनले हामी सल्लाह गर्दै छाैँ भन्दै पन्छिए ।

एक अर्को प्रसंगमा भने अध्यक्ष दाहालले सबै प्रक्रिया सहजै भइरहेकाले सरकार गठनको प्रक्रिया पनि सजिलै बाटोबाट हुने बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष