NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत

टोकियो । जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ ।

कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने किटलाई जतिसक्दो चाँडो बजारमा ल्याउन काम गरिरहेको जनाएको छ। अल्जाइमर खास गरी पाको उमेरका व्यक्तिमा देखिने स्वास्थ्य समस्या हो र यसका कारण विरामीको स्मरण शक्ति हराउने गर्छ । अल्जाइमरको निदानको मौजूदा विधिहरु महङ्गा र चिकित्सकीय हस्तक्षेप रहेको छ ।

अक्सर मस्तिष्कको स्क्यान वा स्पाइनल ट्यापको सहयोग रोगको निदान हुनेगरेका छन् । ‘सिस्मेक्सले अल्जाइमर रोगको निदानमा समस्याहरू समाधान गर्न मस्तिष्कमा (अमाइलोइड बीटा) को सञ्चयलाई छिटो र सजिलै पहिचान गर्ने प्रविधिको विकास गरिरहेको छ,’ कम्पनीले जनाएको छ ।

‘परम्परागत परीक्षण विधिहरूभन्दा भिन्न तरिकाले किटले रगतको परीक्षण गर्छ, जसले गर्दा बिरामीहरूको शारीरिक, भावनात्मक र आर्थिक बोझ कम हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । अल्जाइमर्स एशोसिएशन, अमेरिकास्थित समूहले भनेको छ, ‘किटको सहायतामा हुने रक्त परीक्षणले रोगको निदान गर्न सरल, सस्तो, गैर–हस्तक्षेपकारी र सहजता मिल्छ’ उनले भने, ‘भविष्यमा, विरामीहरूले अल्जाइमर र अन्य सबै डिमेन्शियाको निदान प्रक्रियामा क्रान्ति ल्याउने सम्भावना छ ।’

लेकानेमाब नामक नयाँ औषधिले अल्जाइमरका बिरामीको संज्ञानात्मक गिरावटलाई १८ महिनाको अवधिमा २७ प्रतिशतले कम गरेको गत महिना सार्वजनिक तथ्याङ्कले देखाएको थियो । तथ्याङ्कले मस्तिष्कको रक्तस्राव र सूजनसहित प्रतिकूल प्रभावहरू पनि प्रकट गर्यो, तर धेरै हदसम्म दीर्घ संज्ञानात्मक रोग भएकाहरूको लागि ‘वास्तविक उपचार विकल्प’ प्रदान गर्ने रूपमा प्रशंसा गरिएको थियो ।

अल्जाइमर रोगमा, दुई प्रमुख प्रोटीनहरू (ताउ र अमाइलोइड बीटा), गाँठा र पाताहरूका रूपमा निर्माण हुन्छन्, जसलाई एकसाथ समुच्चयको रूपमा चिनिन्छ, जसले मस्तिष्कका कोषहरू मर्छन् र मस्तिष्क सङ्कुचनको कारण बन्छन् ।