NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३ का ५५ वर्षका गोरीमाया रखालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका आगो ताप्ने क्रममा घाइते भएकी रखालको उपचारको क्रममा आज दिउँसो प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार रखालको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।

चिसोमा आगो बालेर ताप्दा यस्ता घटना हुने जोखिम बढी हुने भएकाले सावधानी अपनाउन सर्लाही प्रहरीले आग्रह गरेको छ ।

यसैबीच, हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा करिव दुई वर्षदेखि बस्दै आएका एक पुरुष सुतेकै स्थानमा मृत भेटिएका छन् । अन्दाजी ४५ वर्षका मनोज शर्मा आज बिहान सुतेकै स्थानमा मृत भेटिएका हुन ।

उनको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष