NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

संसारकै सबैभन्दा खतरनाक बिरुवा, जसलाई छोएपछि आत्महत्या गर्न मन लाग्छ

एजेन्सी । देख्दा सामान्य विरूवा जस्तै देखिने जिम्पाई-जिम्पाई नामक विरूवा संसारको सबैभन्दा खतरनाक बिरुवा हो । अस्ट्रेलियाली मूलको यो बिरुवाले संयोगवश कसैको शरीर छुँदा त्यसको असर यत्ति धेरै खतरानक हुन्छ कि जसले ज्यान समेत जान सक्छ । त्यो व्यक्तिमा पीडाको त्यो डरलाग्दो अवधि सुरु हुन्छ जुन पीडाले गर्दा मान्छेले आत्महत्या गर्ने सोचसमेत गर्न थाल्छ । यही कारणले गर्दा यसलाई ‘सुसाइड प्लान्ट’ पनि भनिन्छ ।

वैज्ञानिक मारिना हलीले केही वर्षअघि अस्ट्रेलियाको वर्षावनमा अनुसन्धान गरिरहेकी थिइन् । जंगलमा खतरा हुन्छ भन्ने कुरा वैज्ञानिक भएकै कारणले उनलाई राम्रैसँग ज्ञान थियो । यहाँसम्म कि रूखविरूवाहरू पनि विषालु हुन सक्छन् । हुनसक्ने खतराबाट बच्नको लागि उनले हातमा वेल्डिङ ग्लोभ्स र बडी सुट लगाएका थिइन् । यसरी फरक फरक रूखविरूवाट जाने अवस्थामा नयाँ विरूवासँग उनको भेट भयो ।  उनी वेल्डिङ ग्लोभ्स नै लगाएर अनुसन्धान गर्ने सोचमा थिइन् तर उनको यो सोच पूरा हुन सकेन ।

उक्त जिम्पाई-जिम्पाई विरूवाको छुवाइपछि त्यसको असरले शरिरभरी पीडा हुन थाल्यो र उनी तत्काल अस्पताल भर्ना भइन् । त्यसको असरबाट मुक्त हुन उनले लामो समय पखिर्नुप-यो ।

पछि डिस्कभरीलाई दिएको अन्तरवार्तामा कसैलाई यो पीडा बिजुलीको झट्टका लगाएर माथिबाट एसिड खन्याजस्तै जस्तै अनुभव भएको बताएका छन् ।

क्लीसल्याण्डको जंगलमा काम गर्नेहरू वा रूख काट्नेहरूका लागि जिम्पाईलाई मृत्युको अर्का नाम पनि मानिन्छ । प्लान्टको रिर्पोट अएपछि जंगलमा जानेहरूले श्वासप्रश्वास यन्त्र, मेटल ग्लोभ्स र एन्टिहिस्टाइमन ट्याबलेट(एलर्जी र पेनकिलर) बोकेर जान थाले । यस विरूवाको बारेमा पहिलोपटक सन् १८६६ मा रिपार्ट गरिएको थियो ।

त्यस समयमा जंगलबाट भएर जाने जनावर, विशेषगरी घोडाहरू गहिरो पीडाले मर्न थाले । अनुसन्धानबाट  मर्नेहरू एउटै रूख र पातसँग सम्पर्कमा भएर जानेहरू भएको पत्ता लाग्यो ।

जिम्पाईजिम्पाईबारे

यस विरूवाको जैविक नाम डेंड्रोक्नाइड मोरोइट्स हो । जुन विरूवा अस्ट्रेलियाको उत्तरपूर्वी जंगलमा पाइन्छ । यसको सामान्य नाम जिम्पाई-जिम्पाई हो । यसको अन्य उपनामहरू सुसाइट प्लान्ट, जिम्पाई स्टिंगर, स्टिंगिंग ब्रश वा मूनलाइटर भनेर पनि चिनिन्छ । अस्ट्रेलियाबाहेक यो विरूवा मोलक्स, इन्डोनोसियामा पाइन्छ । देख्नमा सामान्य जसको पात मुटुको आकारजस्तो हुन्छ र यस विरूवाको उचाइ ३ देखि १५ फिटसम्म हुन्छ ।

किन यति धेरै विशालु ?

कपालजस्तो मेरूदण्डले भरिएको यो विरूवामा न्युरोटोक्सिन विष हुन्छ । जसले केन्द्रिय स्नायुप्रणालीलाई सिधै असर गर्छ । यसले ज्यानै समेत लिन सक्छ । यो विरूवासँग छोएको आधा घण्टापछि पीडाको तीव्रता बढ्न थाल्छ र तत्काल उपचार नपाएपछि यो झन् बढ्दै जान्छ ।

यस विरूवाको असरबाट मुक्त  हुन जतिसक्दो त्यसको काँडा हटाउनुपर्छ तर यो निकै जटिल छ । यस विरूवाका काँडाहरू शरिरमा देख्न मुस्किल हुन्छ । यसलाई हटाउन खोज्दा छाला फुटेर झन् समस्या बढ्न सक्छ ।

यस विरूवालाई पूर्ण रूपमा हटाउन असम्भव छ । साथै यो इकोलोजिकल सिस्टमको लागि पनि ठीक छैन भनेर वैज्ञानिकले प्रमाणित गरेका छन् ।