पुरानो गठबन्धन ब्युँताउने कसरत, तर किन ‘सिन’मा छैन जनमोर्चा ?

काठमाडौं । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पुरानो पाँचदलीय गठबन्धन ब्युँताउने चर्चा चलिरहेका वेला जनमोर्चा भने मौन छ । चुनावका वेला बनेको पाँचदलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा थिए । सरकारलाई विश्वासको मत पनि नदिएको जनमोर्चा पुरानो गठबन्धनको सवालमा भने सकारात्मक छ ।
गठबन्धन बैठकमा सहभागी भने हुने गरेको छैन । जनमोर्चाका सचिव हिमाल पुरीले जनमोर्चा पहिलेकै गठबन्धनको पक्षमा रहेको बताए । तर, तत्कालीन गठबन्धनका अन्य चार दल शक्ति बाँडफाँट र सरकारको विषयमा छलफल गरिरहेकाले जनमोर्चा सहभागी नभएको उनले बताए । ‘राजनीतिक रूपमा हाम्रा विचार गएका छन् । केही बैठकमा हामी सहभागी भएका छौँ । हामी सरकारमा सहभागी हुँदैनौँ, त्यसकारण गठबन्धनका सबै बैठकमा सहभागी नभएका हौँ । संविधान रक्षाको सवालमा पुरानो गठबन्धन ब्युँतनु उपयुक्त हुन्छ,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया