ट्रान्स फ्याटबारे जान्नैपर्ने कुरा
काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्स फ्याटको सबैभन्दा धेरै प्रयोग हुने १० देशहरु मध्ये नेपाल पनि एक हो । ट्रान्स फ्याट अर्थात अखची अति खराब चिल्लो पदार्थ हो ।
‘पार्सियल्ली हाइड्रोजिनेटेड आयल’ मा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक मानिन्छ । खानामा यसको मात्रा धेरै भएमा हृदयघात, मस्तिष्कघात, मधुमेह, मोटोपना, उच्च रक्तचाप, मुटुरोग तथा क्यान्सर जस्ता रोगको सम्भावना बढाउँछ ।
चिल्लो तारेको खानेकुरा, बजारमा रोखेको प्रशोधित खानेकुरामा ट्रान्स फ्याट हुन्छ । यसै गरी, वनस्पति घिउमा बनाएको बेकरी परिकारहरु, मिठाईहरु आदिमा ट्रान्स फ्याट हुन्छ । ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई श्रोतबाट प्राप्त हुन्छ । रांगा, भैसी, खसीबोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेका परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ ।
प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याट थोरै मात्रामा खाँदा यसले स्वास्थ्यमा धेरै नकारात्मक असर नगरे पनि यसको अत्यधिक प्रयोग भने हानिकारक छ । कृत्रिम स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याट वनस्पति तेललालाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ । ट्रान्स फ्याट भएको तेल सामान्य तापक्रममा जम्छ ।
व्यवसायमा फाइदा हुने हुँदा खाद्य उद्योगमा यसको प्रयोग धेरै भएको पाइन्छ । नेपालको उद्योगमा उत्पादन हुने वनस्पति घिउ, केकमा प्रयोग हुने सर्टनिङ आदि औद्योगिक ट्रान्स फ्याटका उदाहरण हुन् । ट्रान्स फ्याट मन्दविष भएको विशेषज्ञहरू बताउँछन् । वरिष्ट मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी यसको प्रयोगले युवामा मुटुरोग बढिरहेको बताउँछन् । यसले निम्न र मध्यम आय भएका मुलुकमा वर्षेनी पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ ।
कसरी घटाउने ट्रान्स फ्याटको प्रयोग ?
ट्रान्स फ्याटको प्रयोग कम गर्न तारेका चिल्लो पदार्थ भएका परिकार खान कम गर्नुपर्छ । डिप फ्राइ गरेका खानेकुरा तथा बजारमा पाइने प्याकेटका खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेरेर खाने गर्नुपर्छ । यस्तै, रातो मासुको विकल्पमा सेतो मासु खाने तथा दुधलाई चिल्लो निकालेर पिउने गर्दा पनि ट्रान्स फ्याटबाट बच्न सकिन्छ ।
ट्रान्स फ्याट नियन्त्रण गर्न ‘रिप्लेस’ रणनीति, के-के कार्य पर्छन् ?
प्रतिक्रिया