NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बच्चालाई जुस खुवाउन मिल्छ ?

एजेन्सी । अहिले स्वास्थ्यप्रतिको चेतना बढ्दै गएसँगै धेरैजसो मानिस स्वास्थ्यमा सचेत हुन थालेका छन् । उनीहरुलाई आफ्नो स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने हेतु रहिरहन्छ । यसका लागि हरेक व्यक्ति रासायनिकरहित आहार त्यागेर अर्गानिक आहारमा जोड दिइरहेका छन् ।

स्वास्थ्यलाई ध्यान दिँदै प्रशोधित खानाको विकल्पवमा घरको खानेकुरा खाने गर्छन् । तर स्वास्थ्यमा सचेत हुँदा हुँदै व्यक्ति सानो कुराले चुकिरहेको हुन्छन् । प्रत्येक व्यक्तिले स्वास्थ्य शरीरका लागि जुस पिउने गर्छ । तर जुस पिउँनु पनि घातक हुन सक्छ ।

विशेषगरी कागती र सुन्तलको जुस पिउँदा यसले दाँत छिटै खराब हुन सक्छ । यी फलफूलमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ र स्वास्थ्यका लागि फाइदाजनक पनि छ । तर यसमा प्रशस्त मात्रामा एसिड हुन्छ, जसले दाँतको इनामेललाई हटाउँछ । इनामेल नहुँदा यसले दाँतलाई निकै कमजोर बनाउँछ । त्यसैले फलफूलको जुस बनाउएर खानु भन्दा फलफूल नै खाँदा बढी फाइदा हुने गर्छ ।

कुनै पनि फलफूलको जुस बनाउँदा त्यसमा रहेको फाइबर हराएर जान्छ । त्यसमा पानी, चिनी र एसिड मात्र निस्कन्छ । मौखिक ब्याक्टेरिया एसिडिक प्रकृतिमा सबैभन्दा बढी फस्टाउने भएकाले दाँतको इनामेल नष्ट हुन्छ । जसले गर्दा दाँतमा समस्या देखा पर्न थाल्छ । यसले मुखमा घाउ तथा छाला आउने समस्यासमेत गराउँछ ।

साना बच्चाहरूलाई कुन उमेरदेखि जुस खुवाउने ?

अधिकांश व्यक्ति फलफूलको जुस उपयुक्त हुने सोचले सानैबाट बच्चालाई जुस खुवाउने तर्फ लाग्छन् । तर वास्तवमा बच्चालाई फलफूलको जुस खुवाउनु हुँदैन । यसले उनीहरुको वृद्दिविकासमा ह्रास ल्याउँछ भने दाँतमा पनि समस्या देखापर्छ । भारतीय आहारविज्ञ डा. विजयश्रीप्रसाद १ देखि ३ वर्षसम्मका बालबालिकालाई आधा गिलासभन्दा बढी जुस दिन नहुने बताउँछन् ।

जुस पिउँदा के कुरामा ध्यान दिदाँ दाँत बिग्रिदैन ?

जुस धेरै पिउँदा दाँत बिग्रिने गर्छ । त्यसैले सिमित मात्रामा जुस पिउने गर्नुहोस् । दिनको एक गिलास जुस शरीरका लागि पर्याप्त छ ।
जुस यतिकै खानुभन्दा त्यसमा पानी मिसाएर खाने गर्नुहोस् । जुस पिइसकेपछि मुख पानीले कुल्ला गर्दा पनि दाँत बिग्रिनबाट बच्छ । पानीले मुखमा जमेको चिनीको मात्रालाई हटउँछ ।