NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नवप्रवेशी क्लब हुन् ।

एन्फा कम्प्लेक्समा दिउँसो २ः३० बजे हुने खेलमा दुवै टिमको ध्येय जितलाई निरन्तरता दिने हुनेछ । यसअघि सम्पन्न पहिलो खेलमा दुवैले जित निकालेका थिए । चर्चले पुलिस र खुमलटारले फ्रेण्ड्सलाई पहिलो खेलमा परास्त गरेर जित निकालेका हुन् ।

आजै दिउँसो २ः३० बजे च्यासल मैदानमा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा यी दुई टिम क्रमशः खुमलटार र एपीसँग पराजित भएका थिए ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । विजेताले विजेताले ७५ लाख , उपविजेताले ५० लाख, तेस्रोले २५ लाख र फेयर प्ले टोलीले ३ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकको तयारी छ ।