यी नौ पूर्वसांसदले फिर्ता गरेनन् ल्यापटप

प्रतिनिधिसभाका नौ पूर्वसदस्यले कार्यकाल सकिएको चार महिना बित्दा पनि संसद् सचिवालयले उपलब्ध गराएको ल्यापटप फिर्ता गरेका छैनन् । समितिको कामकारबाहीलाई छिटोछरितो तथा प्रविधिमैत्री बनाउन संसद् सचिवालयले दातृ निकायको सहयोगमा समिति सभापति र सदस्यहरूलाई एक लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप खरिद गरेर उपलब्ध गराएको थियो । सचिवालयका अनुसार ल्यापटप खरिदमा विश्व बैंकको मल्टी डोनर ट्रस्ट फन्ड परियोजनाले सहयोग गरेको थियो ।
संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार कार्यकाल सकिएको सात दिनभित्र सम्पूर्ण सुविधा फिर्ता गरिसक्नुपर्छ । तर, कार्यकाल सकिएको चार महिना बित्दा पनि पूर्वसांसदले दाताको सहयोगमा उपलब्ध गराइएको ल्यापटप अझै प्रयोग गरिरहेका हुन् ।
सचिवालयका अनुसार ल्यापटप फिर्ता नगर्नेमा सार्वजनिक लेखा समितिका पूर्वसभापति भरतकुमार शाह, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति नीरादेवी जैरू छन् । त्यस्तै, लेखा समितिका पूर्वसदस्यहरू धर्मशिला चापागाईं, पार्वती विशुखे, पार्वती डिसी चौधरी, चन्दा चौधरी, गंगाबहादुर तामाङ, मीना सुब्बा, मोहम्मद इस्तियाक राईले पनि ल्यापटप फिर्ता नगरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाले नयाँ नियमावलीमार्फत समिति गठन गर्ने तर्खर गरिरहँदा संसद् सचिवालयले नयाँ सभापति तथा सदस्यहरूलाई ल्यापटप उपलब्ध गराउनुपर्ने छ । त्यसैले पूर्वसांसदबाट फिर्ता ल्याउन सचिवालयले पटकपटक ताकेता गरिरहेको छ । तर, सबै सांसदले फिर्ता नगर्दा व्यवस्थापनमा सकस हुने सचिवालयका पदाधिकारीहरूको भनाई छ ।
सचिवालयका एक पदाधिकारीले फिर्ता माग्दा पूर्वसांसदले विभिन्न बहानाबाजी गरिरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया