किन हुन्छ जिन्स पाइन्टमा सानो पकेट ?

एजेन्सी । समयअनुसार पहिला र अहिलेको फेसनमा धेरै भिन्नता छ । आजभोली अझ फेसन छिटो छिटो फेरिँदै गएको छ । फेसन भन्नेवित्तिकै आउने जिन्सको पनि समयसँगै डिजाइन, लुक, सामग्रीमा परिवर्तन देखिन थालेको छ ।
जिन्स हरेक मानिसको रोजाइमा पर्छ । जिन्समा हुने एउटा सानो पकेटलाई यसको विशेष आकर्षक र पहिचान मानिन्छ । जिन्सको सानो पकेटलाई वाच पकेट भनिन्छ । सुरुमा पुरुषहरुले आफ्नो खल्तीमा घडीहरु राख्नका लागि बनाइएको थियो । लेवी स्ट्रस ब्लगका अनुसार, सुरुमा नीलो जिन्सको जोडीमा ४ वटा पकेटहरु थिए, जसमा पछाडि एक, अगाडि २ र अर्को एक वाच पकेट थियो ।
पछि यसलाई धेरै नामले चिन्न थालियो । जस्तैः फ्रन्टियर पकेट, कन्डम पकेट, सिक्का पकेट, म्याच पकेट र टिकट पकेट आदि । स्ट्रस र डेभिसले सुरुमा ब्राउन डक र ब्लु डेनिममा २ प्रकारका जिन्स बनाएका थिए । खानीमा काम गर्ने मजदुरहरुले जिन्स पाइन्ट लगाउन सुरु गरेपछि खल्ती बलियो बनाउन तामाका बटनहरु टाँस्न थालिएको थियो ।
उनीहरुले पटकपटक खल्ती च्यातिएको गुनासो गरेपछि बलियो बनाउन त्यसको सुरुवात गरिएको थियो । तिनीहरुको समस्या समाधान गर्न र पकेटहरु बारम्बार च्यातिनबाट रोक्न जिन्समा तामाको रिभेटहरु जडान गर्न थालिएको हो ।
सामान्यतया बजारमा ८ प्रकारका जिन्स सबैभन्दा बढी बिक्री हुने गरेको छ । जसमा न्यारो जिन्स, टेपर्ड, स्लिम फिट, स्किनी, स्ट्रेट लेग, बुटकट, बेलबटम जिन्स रहेका छन् ।
ताजा अपडेट
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
प्रतिक्रिया