NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

२० करोड बक्यौता तिर्न होटल याक एण्ड यतीको आनाकानी

महालेखाले दियो ३५ दिने अल्टिमेटम, नबुझाएमा असुलउपर गरिने

काठमाडौं । होटल याक एण्ड यतीले सरकारी बक्यौता बुझाउन आनाकानी गरेपछि सरकारले असुलउपर प्रक्रिया अघि बढाएको छ ।

सरकारी बाँकी बक्यौता उठाउने अख्तियार प्राप्त महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले होटल याक एण्ड यतीको नाममा बक्यौता देखिएपछि भुक्तानीका लागि लामो समयदेखि आग्रह गर्दै आइरहेको छ ।  तर यो होटलले पटक-पटकको आग्रह बेवास्ता गर्दै आएको कार्यालयले जनाएको छ ।

पञ्चायतका ‘बेइमान माननीय’, जसको हिसाब अझै सरकारी खातामा छ

होटल याक एण्ड यतीले कार्यालयबाट गरिएको लिखित पत्राचार बेवास्ता गरेपछि रकम बुझाउन अन्तिम पटक ३५ दिने अल्टिमेटम दिइएको छ । यो समयावधिभित्र पनि रकम भुक्तानी नगरेमा कानूनबमोजिम असुलउपर प्रक्रिया थाल्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, यो होटलले फागुन महिनाको ब्याजसहित कुल २० करोड ८ लाख ६६ हजार ४३८ रूपैयाँ सरकारलाई तिर्न बाँकी छ ।

होटल याक एण्ड यतीका सञ्चालक राधेश्याम सराफ हुन् । उनको छोरी रत्नादेवी, छोरा अरुण र उमेश पनि यसका सदस्य हुन् ।

बहालवालादेखि अवकाशप्राप्त यी १७ कर्मचारीले तिरेनन् सरकारी बक्यौता, बुझाउन ३५ दिने अल्टिमेटम