NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

अब सवारी हुँदा सडक खाली नगराइने

काठमाडौं । विशिष्ट पदाधिकारीहरूको सवारीले सडकमा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै छ । गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ ।

कार्यविधि परिमार्जनका लागि गृहले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेको थियो । छलफलका क्रममा राष्ट्रपति पौडेलले बदलिँदो शासकीय शैलीअनुसार कार्यविधि परिमार्जन गर्न सुझाव दिएका थिए ।

गृह मन्त्रालयका प्रवक्तासमेत रहेका समितिका संयोजक बस्नेतले कार्यविधि परिमार्जनले अन्तिम रूप लिएको बताए । ‘कार्यविधि परिमार्जन अन्तिम चरणमा पुगेको छ । यस विषयमा हामीले हिजो (आइतबार) राष्ट्रपतिसँग पनि परामर्श लिएका थियौँ । उहाँ कार्यविधि परिमार्जनमा सकारात्मक हुनुहुन्छ । उहाँकै सुझावअनुसार कार्यविधि परिमार्जन भएको छ । मन्त्रिपरिषद् बैठकले पास गरेलगत्तै यो कार्यान्वयनमा आउनेछ,’ उनले भने ।

परिमार्जित कार्यविधि गृहसचिवले नेतृत्व गर्ने अति विशिष्ट व्यक्ति सुरक्षा केन्द्रीय निर्देशन समितिमा पेस हुनेछ । समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहने कानुनी व्यवस्था छ । आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ ।

कार्यविधि अति गोप्य राखिनुपर्ने भएकाले राजपत्रमा प्रकाशित नहुने गृहप्रवक्ता बस्नेतले बताए । ‘सामान्यतया मन्त्रिपरिषद्बाट पास भएको कार्यविधि कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गर्ने चलन हुन्छ । तर, सुरक्षा कार्यविधि राजपत्रमा प्रकाशित हुँदैन । यो गोप्य राखिनुपर्ने डकुमेन्ट हो । मन्त्रिपरिषद्बाट पास भएलगत्तै यो कार्यान्वयनमा आउनेछ,’ उनले भने ।

गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ । परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यलयीय सवारीमा सडक खाली गरिनेछैन । आवागमन अवरुद्ध गरिनेछैैन । कारगेडमा मोटरसाइकल र गाडीका लावालस्कर पनि हुनेछैनन् । तर, सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा बनाइनेछ । सवारी हुने रुटमा देखिनेभन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् । गृह मन्त्रालयका सूचना अधिकृत दिलकुमार तामाङले विगतकोझैँ तामझामपूर्ण सवारी अब नहुने बताए । परिमार्जित कार्यविधिको पहिलो अभ्यासस्वरूप शनिबार राष्ट्रपति पौडेलको सवारी चलाइएको थियो । राष्ट्रपति पौडेल कुमारी घर दर्शनका लागि वसन्तपुर पुगेका थिए । सवारीमा मोटरसाइकलको कारगेड हटाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।