NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

यो हो सबैभन्दा धेरै जनसंख्या वृद्धि हुने उपत्यकाको नगरपालिका

काठमाडौं ।उपत्यकाका नगरपालिकामध्ये पछिल्लो दश वर्षमा सबैभन्दा बढी जनसंख्या कागेश्वरी मनोहरा नगरपालिकामा बढेको पाइएको छ । ०६८ मा ६० हजार दुई सय ३७ रहेकोमा ०७८ मा ह्वात्तै बढेर एक लाख ३० हजार चार सय ३३ पुगेको छ । दोस्रोमा ललितपुरको महालक्ष्मी नगरपालिका छ । ०६८ मा ६२ हजार एक सय ७२ जनसंख्या रहेकोमा यसपटकको जनगणनामा कागेश्वरी मनोहरामा एक लाख २३ हजार एक सय १६ रहेको विभागको तथ्यांकमा उल्लेख छ । तारकेश्वर नगरपालिकामा ०६८ मा ८१ हजार चार सय ४३ जनसंख्या थियो । अहिले एक लाख ५१ हजार चार सय ७९ पुगेको छ ।

नागार्जुनको जनसंख्या एक लाख १५ हजार चार सय ३७ पुगेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको जनसंख्या एक लाख ४० हजार ८५ पुगेको छ । त्यस्तै, नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच महानपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज छन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिका छन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरमा आठ लाख ६२ हजार चार सय र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा नौ हजार आठ सय ६१ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३७ वटा रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष