NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अमेरिका लैजान ८७५ नेपालीलाई शरणार्थी बनाइएको खुलासा

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ ।

प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो ।

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ०७६ जेठमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्य सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदलले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेपछि त्यसमा ८७५ नेपालीको नामसहितको दुइटा अनुसूची थपेको हो । स्रोतका अनुसार सरकारी संयन्त्रसँग निकट रहेको गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० लाखदेखि ५० लाख रूपैयाँसम्म उठाएका थिए । रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित तीन जना आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले दुलाल, सानु भण्डारी र टेक गुरुङलाई नियन्त्रणमा लिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष