उच्चस्तरिय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गराउन बनेको समितिले थाल्यो काम
काठमाडौं । सरकारद्वारा गठित उच्च स्तरिय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनमा सहजिकरण गर्नका लागि बनेको समितिले काम सुरू गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेको संयोजकत्वमा बनेको उक्त समितिले काम सुरु गरिसकेको सचिव पाण्डेले जानकारी दिएका हुन् । ‘मन्त्रिपरिषद्को निर्णय हुनेवित्तिकै समिति गठन भएर हामीले विभिन्न मितिमा बैठक सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘प्रतिवेदन कार्यान्वयनमा कसरी सहजिकरण गर्ने भनेर हामी अध्ययनको चरणमै छौं ।’
सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरिय तलब सुविधा आयोग गठन गरेको थियो । आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्न आदेश दिएको हाे । सचिव पाण्डेका अनुसार प्रतिवेदन कार्यान्वयनमा लैजान काम सुरू भइसकेकाे छ ।
आयोगको सुझाव कार्यान्वयन भए कति पुग्छ सचिव र कार्यालय सहयोगीको तलब ?
मर्यादाक्रम र तलबमा छैन तालमेल, समायोजन गरे राज्यलाई ४ सय करोड भार
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया