एसीसी प्रिमियर कप क्रिकेट : नेपालले टस हार्यो, फिल्डिङ गर्दै मलेसिया

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
त्यस्तै, नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया