नेपाल एसिसी प्रिमियर लिगकाे फाइनलमा

काठमाडाैं । नेपाल एसिसी प्रिमियर लिगकाे फाइनलमा प्रवेश गरेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल कुवेतलाई राेक्दै फाइनल प्रवेश गरेकाे हाे ।
वर्षाले खेल प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको हाे ।
यसक्रममा पटक–पटक वर्षा भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् ।
कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक/एक विकेट लिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया