नक्कली शरणार्थी प्रकरण : बुटवलमा पक्राउ टोपबहादुर पुत्रलाई काठमाडौं ल्याइँदै

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा संलग्नको आरोपमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौं ल्याउन लागेको छ ।
बुधबार राति बुटवलमा पक्राउ परेका सन्दीपलाई अदालतमा पेस गरेर म्याद थपका लागि प्रहरीले काठमाडौं ल्याउन लागेको हो ।
प्रहरी स्रोतले उनलाई बुटवलस्थित विमानस्थलबाट काठमाडौं ल्याएर आजै अदालतमा पेस गर्न लागिएको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले पूर्वमन्त्री टोपबहादुर रायमाझी, उनका पुत्र सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा बादल पुत्र प्रतीकलगायत व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसमध्ये पाण्डे र सन्दीप पक्राउ परिसकेका छन् भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्नको आरोपमा यसअघि नै प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उनीहरूकै बयान र उपलब्ध गराएको प्रमाणका आधारमा मंगलबार मात्रै पूर्वमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया