शरणार्थी प्रकरण ट्रेलर मात्र हो, अब अरू ठूला भ्रष्टाचारको फाइल पनि खुल्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारमाथिको छानबिन अघि बढ्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए ।
‘भ्रष्टाचारका ठूला प्रकरणको फाइल अब खुल्छ,’ उनले भने, ‘कुनै पनि हालतमा अब भ्रष्टाचारमा संलग्नलाई छुट दिइँदैन ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउनेमाथि अहिले भइरहेको कारबाहीलाई उनले ट«ेलरको संज्ञा दिए । प्रचण्डको शब्दमा ‘पूरा फिल्म हेर्न बाँकी छ’ ।
‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउनेमाथि अहिले भएको छानबिन ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न त बाँकी नै छ,’ उनले भने ।
भ्रष्टाचारमाथिको छानबिन अघि बढाउँदा आफूहरू घेराबन्दी र दबाबमा पर्नसक्ने उल्लेख गर्दै उनले उत्पीडित वर्ग समुदाय र श्रमजीवी साथमा हुँदासम्म कसैले केही गर्न नसक्ने बताए ।
फरक प्रसंगमा उनले आफ्नो पार्टीलाई ३२ सिटे भनेर कमजोर आँकलन गरिए पनि फेरि गर्जन सके बहुमतमा पुग्ने दाबी गरे ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया