NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रजोनिवृत्तिपछिको हेरचाह कस्तो हुनुपर्छ ?

एजेन्सी । रजोनिवृत्ति प्राकृतिक अवस्था हो । ४० देखि ४५ वर्षको उमेरपछि महिलाहरूमा रजोनिवृत्ति सुरु हुन्छ । १० देखि १२ महिनासम्म लगातार महिनावारी भएन भने यस्तो अवस्थालाई रजोनिवृत्ति भनिन्छ। रजोनिवृत्ति हुँदा, हड्डी कमजोर हुनेु, पेट दुख्ने, अत्याधिक थकान, मूड स्विङ, निद्रा नलाग्ने, चिडचिडापन जस्ता समस्या देखिन्छन् । रजोनिवृत्ति भएपछि शरीरमा थप हेरचाह चाहिन्छ । यसका लागि खानपानमा पनि ध्यान दिनुपर्छ ।

रजोनिवृत्ति भएपछि यसरी राख्नुहोस् शरीरको हेरचाहः

सन्तुलित आहार

महिला रजोनिवृत्ति भएपछि शारीरिक रूपमा कमजोर हुन्छन् । जसले गर्दा उनीहरुमा सन्तुलित आहारको आवश्यकता पर्छ । रजोनिवृत्तिपछि खानेकुरामा फाइबरयुक्त तत्वहरु समावेश गर्नुपर्छ । यसैगरी क्याल्सियमयुक्त आहारमा पनि जोड दिनुपर्छ । जसले गर्दा मांशपेशी र हड्डी बलियो हुन्छ ।

नियमित व्यायाम 

रजोनिवृत्तिपछि शरीरमा हुने समस्यालाई नियन्त्रणमा राख्न नियमित व्यायाम र योग अत्यावश्यक छ । यसले मानसिक र शारीरीक रुपमै मन र मस्तिष्क शान्त राख्छ । व्यायामले शरीरको रक्तसञ्चार सुधार गर्छ भने योगले शरीरलाई ऊर्जा दिन्छ।

तनाव कम र प्रशस्त्र निन्द्रा

रजोनिवृत्तिपछि महिलामा तनाव र चिन्ता पनि बढ्ने गर्छ । जसले उनीहरु राम्रो र आरामदायी निन्द्रा लिन असमर्थ हुनछन् । त्यसैले सकेसम्म पर्याप्त निन्द्रा लिनुहोस् र तनाव कम लिने प्रयास गर्नुहोस् ।