रजोनिवृत्तिपछिको हेरचाह कस्तो हुनुपर्छ ?
एजेन्सी । रजोनिवृत्ति प्राकृतिक अवस्था हो । ४० देखि ४५ वर्षको उमेरपछि महिलाहरूमा रजोनिवृत्ति सुरु हुन्छ । १० देखि १२ महिनासम्म लगातार महिनावारी भएन भने यस्तो अवस्थालाई रजोनिवृत्ति भनिन्छ। रजोनिवृत्ति हुँदा, हड्डी कमजोर हुनेु, पेट दुख्ने, अत्याधिक थकान, मूड स्विङ, निद्रा नलाग्ने, चिडचिडापन जस्ता समस्या देखिन्छन् । रजोनिवृत्ति भएपछि शरीरमा थप हेरचाह चाहिन्छ । यसका लागि खानपानमा पनि ध्यान दिनुपर्छ ।
रजोनिवृत्ति भएपछि यसरी राख्नुहोस् शरीरको हेरचाहः
सन्तुलित आहार
महिला रजोनिवृत्ति भएपछि शारीरिक रूपमा कमजोर हुन्छन् । जसले गर्दा उनीहरुमा सन्तुलित आहारको आवश्यकता पर्छ । रजोनिवृत्तिपछि खानेकुरामा फाइबरयुक्त तत्वहरु समावेश गर्नुपर्छ । यसैगरी क्याल्सियमयुक्त आहारमा पनि जोड दिनुपर्छ । जसले गर्दा मांशपेशी र हड्डी बलियो हुन्छ ।
नियमित व्यायाम
रजोनिवृत्तिपछि शरीरमा हुने समस्यालाई नियन्त्रणमा राख्न नियमित व्यायाम र योग अत्यावश्यक छ । यसले मानसिक र शारीरीक रुपमै मन र मस्तिष्क शान्त राख्छ । व्यायामले शरीरको रक्तसञ्चार सुधार गर्छ भने योगले शरीरलाई ऊर्जा दिन्छ।
तनाव कम र प्रशस्त्र निन्द्रा
रजोनिवृत्तिपछि महिलामा तनाव र चिन्ता पनि बढ्ने गर्छ । जसले उनीहरु राम्रो र आरामदायी निन्द्रा लिन असमर्थ हुनछन् । त्यसैले सकेसम्म पर्याप्त निन्द्रा लिनुहोस् र तनाव कम लिने प्रयास गर्नुहोस् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया