NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

वर्डक्याम्प काठमाडौं २०२३ : नेपालमा प्रिमियर वर्डप्रेस सम्मेलन आयोजना हुँदै

काठमाडौं । यही आउँदो सेप्टेम्बर ८ र ९ गते वर्डक्याम्प काठमाडौं २०२३ को आयोजना हुने भएको छ । वर्डप्रेस कम्युनिटी काठमाडौंले गैरीधारास्थित एसिल रिसेप्सनमा यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

वर्डप्रेस प्रयोगकर्ता, डेभलपर्स, डिजाइनर, ब्लगरहरूका लागि यो कार्यक्रम निकै फलदायी हुने आश आयोजक टोलीले गरेको छ ।

यससम्बन्धी दख्खल राख्ने र सिक्न चाहनेका लागि वर्डक्याम्प २०२३ मा विभिन्न विधामा व्यवहारिक ज्ञान प्रदान गरिनेछ । वर्डप्रेसका सबै स्तरका सीपहरू पूरा गर्नका लागि तयार पारिएको यो वृहत कार्यक्रम समृद्ध सत्रहरू र नेटवर्किङको अवसरहरूले भरिएको अविस्मरणीय अनुभव हुने आश गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासको बारेमा होस् या व्यवहारिक वेब डेभलपमेन्ट प्रविधिहरू, समाग्री सिर्जनाका रणनीतिहरूदेखि प्रयोगकर्ता–केन्द्रित डिजाइनका सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमजाइसेनदेखि इ–कमर्स सम्बन्धी ज्ञानमा रूची राख्नेले यसमा सहभागी जनाउन सक्नेछन् ।

इच्छुकहरूले यसमा सहभागी भएर आफ्नो दक्षता थप वृद्धि गर्न सक्नेछन् । दुई दिनसम्म चल्ने यो सत्रमा वर्डप्रेस इकोसिस्टमको विकासका लागि सिक्ने र सिकाउने दुवै किसमको माहोल हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि आवश्यक टिकटबारे आयोजक टोलिले छिटै सूचना सार्वजनिक गर्ने जनाएको छ ।

वर्डप्रेसले यस्तो किसिमको कार्यक्रम विश्वको अन्य ठाउँमा पनि यस्ता कार्यक्रम गरिरहेको हुन्छ ।

वर्डप्रेसका प्रयोगकर्ता, वेबसाइट डभलपर्सहरूले यो सत्रबाट लाभान्वित हुनेछन् । आयेजकले सहभागीलाई वर्डप्रेसको बारेमा भएको ज्ञान, सीप र उत्साहलाई अरुसँग बाँड्नका लागि कार्यक्रमको वक्ता बन्न पनि आह्वान गरेको छ । यसका लागि सहभागीले आफूसँग भएको योग्यता र विभिन्न विधामा भएा क्षमता र योग्यताको प्रमाण देखाएर कुनै सत्रमा बोलन पाउनेछन् ।