NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

समाजवादी प्रेस संगठनमा को को निर्वाचित भए ?

काठमाडौं । नयाँ नेतृत्व चयन गर्दै एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो महाधिवेशन सकिएको छ ।

जेठ २६ र २७ गते काठमाडौँमा सकिएको उक्त महाधिवेशनले विश्वमणि सुवेदीको अध्यक्षतामा केन्द्रीय नेतृत्व चयन गरेको छ । कमिटीका उपाध्यक्षहरुमा नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई चयन भएका छन् ।

भौगोलिक उपाध्यक्षमा तीर्थ राज सिग्देल (कोशी), सुभाषप्रसाद साह (मधेश), ध्रुव रायमाझी (बागमती), कृष्णराज गौतम (उपत्यका), तेजप्रसाद वाग्ले (एसोसियट तथा प्रतिष्ठान), श्रीराम सिग्देल (गण्डकी), शंकरप्रसाद पाण्डेय (लुम्बिनी), अनन्त बराल (कर्णाली) र नरेन्द्र भट्ट (सुदूरपश्चिम) निर्वाचित भएका छन् ।

यस्तै, संगठनको महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन् । उपमहासचिवमा प्रेम गौतम, लेखनाथ खतिवडा (शिकारु)  र प्रतीज्ञा बूढामगर चयन भएका छन् । महाधिवेशनले सचिवहरुमा अनिल शाही, शिवप्रसाद ढुंगाना, पूर्णबहादुर कार्की (बद्री), कान्ति न्यौपाने, प्रदीप नेपाली, वृजलाल पासवान र नेपोलियन चेपाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भइन् ।

ताजा अपडेट

नेपालवाच विशेष