NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते
विश्व रक्तदान दिवस

कस्ता व्यक्तिले गर्नुहुँदैन रक्तदान ?

एजेन्सी । रक्तदान एक महान दान मानिन्छ, जीवन र मृत्युसँग लडिरहेको मानिसले रक्तदानमार्फत नै जीवन पाउन सफल हुन्छ । अनुसन्धानकर्ताहरुले रक्तदानले बिरामीको ज्यान बचाउन मात्र नभई व्यक्ति स्वंयलाई पनि लाभदायिक हुने बताएका छन् ।

नियमित रक्तदान गर्ने मानिसमा मुटु रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । सुरक्षित रक्तदान सम्बन्धी जनचेतना जगाउने र स्वैच्छिक रक्तदाताहरूप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले विश्वभर रक्तदानलाई प्रवर्द्धन गर्न हरेक वर्ष जुन १४ मा ‘विश्व रक्तदान दिवस’ मनाइन्छ।

स्वास्थ्य स्वस्थ हुने व्यक्तिले मात्र रक्तदान गर्न सक्छन् । स्वास्थ्यमा समस्या भएका व्यक्तिको रगत अर्को व्यक्तिलाई दिदा यसले समस्या निम्त्याउँछ । रक्तदानका लागि १८ वर्ष पुगेको हुनुपर्छ भने  शरीर स्वस्थ हुन आवश्यक छ ।

 कुन अवस्थामा गर्नुहुँदैन रक्तदान ?

१) यदि तपाइले भर्खर नै ट्याटु हान्नु भएको छ भने रक्तदान गर्न केही समय कुर्नुपर्छ । यसको मुख्य कारण हेपाटाइटिस भाइरसलाई सर्न नदिनु हो। ट्याटु खोपेको ४ महिनापछि मात्र रक्तदान गर्न सिफारिस गरिन्छ ।

२) पछिल्लो एक वर्षदेखि हेपाटाइटिस वा जन्डिस भएको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।

३) कुनै पनि प्रकारको क्यान्सर छ वा क्यान्सरको उपचार भइरहेको अवस्थामा ।

४) कुनै पनि प्रकारको संक्रमणको कारण एन्टिबायोटिक्स लिइरहेका अवस्थामा ।

५) चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरूले ।

ओ ब्लड ग्रुपकाे विशेषता