कस्ता व्यक्तिले गर्नुहुँदैन रक्तदान ?
एजेन्सी । रक्तदान एक महान दान मानिन्छ, जीवन र मृत्युसँग लडिरहेको मानिसले रक्तदानमार्फत नै जीवन पाउन सफल हुन्छ । अनुसन्धानकर्ताहरुले रक्तदानले बिरामीको ज्यान बचाउन मात्र नभई व्यक्ति स्वंयलाई पनि लाभदायिक हुने बताएका छन् ।
नियमित रक्तदान गर्ने मानिसमा मुटु रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । सुरक्षित रक्तदान सम्बन्धी जनचेतना जगाउने र स्वैच्छिक रक्तदाताहरूप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले विश्वभर रक्तदानलाई प्रवर्द्धन गर्न हरेक वर्ष जुन १४ मा ‘विश्व रक्तदान दिवस’ मनाइन्छ।
स्वास्थ्य स्वस्थ हुने व्यक्तिले मात्र रक्तदान गर्न सक्छन् । स्वास्थ्यमा समस्या भएका व्यक्तिको रगत अर्को व्यक्तिलाई दिदा यसले समस्या निम्त्याउँछ । रक्तदानका लागि १८ वर्ष पुगेको हुनुपर्छ भने शरीर स्वस्थ हुन आवश्यक छ ।
कुन अवस्थामा गर्नुहुँदैन रक्तदान ?
१) यदि तपाइले भर्खर नै ट्याटु हान्नु भएको छ भने रक्तदान गर्न केही समय कुर्नुपर्छ । यसको मुख्य कारण हेपाटाइटिस भाइरसलाई सर्न नदिनु हो। ट्याटु खोपेको ४ महिनापछि मात्र रक्तदान गर्न सिफारिस गरिन्छ ।
२) पछिल्लो एक वर्षदेखि हेपाटाइटिस वा जन्डिस भएको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।
३) कुनै पनि प्रकारको क्यान्सर छ वा क्यान्सरको उपचार भइरहेको अवस्थामा ।
४) कुनै पनि प्रकारको संक्रमणको कारण एन्टिबायोटिक्स लिइरहेका अवस्थामा ।
५) चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरूले ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया