NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरु

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको सुनुवाइ केही ढिलो गरी सुरु भएको हो ।

सुनुवाइको सुरुमा न्यायाधीश कार्कीले प्रधानन्यायाधीश भएपछिका आफ्ना अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने र त्यसपछि आफूविरुद्ध परेको उजुरी तथा सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

गत वैशाख २५ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । सिफारिसलगत्तै उजुरी आह्वन हुनुपर्नेमा संसदीय सुनुवाइ समिति गठन नभएकाले ढिलो गरी उजुरी आह्वान भएको थियो । समितिले उजुरीका लागि दिएको समयसीमाभित्र ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष