NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

संसद छलेर कोशी प्रदेश सरकारले ल्यायो बजेट अध्यादेश

काठमाडौं । कोशी प्रदेश सरकारले संसद छलेर अध्यादेशमार्फत बजेट ल्याएको छ ।

बिहीबार कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गरेका हुन् ।

खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको सरकारले बुधबार मात्र सरकारको वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष