NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सतर्कता अनुगमन अपडेटः हाजिर गरेर निस्किनेमा १२५ कर्मचारी

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आज सिंहदरबारमा गरेको अनुगमनमा हाजिर गरेर फर्किनेमा एक सय २५ कर्मचारी फेला परेका छन् ।

दुई घण्टाको अवधीमा उक्त संख्यामा कर्मचारीहरू निस्किदै गरेको अवस्थामा पाइएको सतर्कताका डिआइजी निरञ्जन विष्टले जानकारी दिए ।

बाहिर निस्किनेमध्ये अधिकांशले बिरामी भेट्न जान लागेको जवाफ दिएका थिए ।

कर्मचारीहरूले हाजिरी गरेर फर्किने प्रवृत्ति बढेको गुनासोपछि सतर्कताले आज सिंहदरबारको दक्षिण गेटमा छड्के अनुगमन गरेको थियो ।

हरेक कार्यालयमा लगबुक राख्ने चलन हुन्छ । कोही कर्मचारीलाई काम विशेषले बाहिर निस्किनुपरेको अवस्थामा उक्त लगबुकमा विवरण टिपाएर जान सक्ने व्यवस्था हुन्छ ।

यी कर्मचारीहरूले कार्यालयलाई जानकारी गराएका छन् या छैनन् भन्ने विषयमा अनुसन्धान हुन बाँकी छ । ‘कतिपयको कारण जायज पनि हुन सक्छ,’ उनले भने, ‘यो सबै अध्ययन गर्नुपर्ने हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष